अमेरिकामा हिमाल चढ्ने क्रममा निधन भएका सञ्जय पण्डितको शव ल्याउन समस्या

54
सञ्जय पण्डित

काठमाडौं, जेठ ५ – अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ ।

वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने स्रोतले जनायो ।

पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसकेको बताइन्छ ।

अमेरिकास्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको थियो ।

उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।

अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको थियो ।

पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।

संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

 

एक उत्तर छोड्न