गृहमन्त्री भएको २ दिनपछि जनार्दन शर्माले यस्तो स्ट्याटस लेखे फेसबुकमा !

1541

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री भएको दुईदिन पछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘जनताको विश्वासमाथि घात गर्दिन ।’ गृहमन्त्री जनार्दन शर्माले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताएका छन् । शर्माले जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सबैभन्दा ठूलो मेहनत गर्नेसमेत बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्ट्याटसमा भनेका छन ‘म बाट आशा र विस्वास गरेर मलाइ गृहमन्त्रालयको जिम्मेवारी दिने पार्टी नेतृत्व, आम जनता शुभचिन्तकहरुलाइ धन्यवाद दिदै आफ्नो तर्फबाट पुराका पूरा इमानदारीताका साथ काम गर्ने र तपाइहरुको आशा र विश्वासलाई निराशामा जान नदिने प्रतिबद्धता गर्दछु ।’

‘सिपाहीहरुको मनोविज्ञान बुझ्ने, उनीहरुको मनोबल उठाउने र जनतासँग एकाकार पार्दै नेतृत्व र चेन अफ कमाण्डलाई ब्यवस्थित गरिनेछ’ शर्माले लेखेका छन् ।

त्यस्तैले शर्माले लेखेका छन् ‘समग्र गृहप्रशासनलाइ आजको नयाँ परिस्थितिमा जनचाहना अनुसार पुनरसम्चना गर्दै राष्ट्र र जनताको सुरक्षामा ब्यवस्थित गर्नु प्रमुख कार्यभार हो ।’ जनताको आवश्यकता र चाहनालाइ पूरा गर्न सबै मेहनत हुनेछ ।’

चुनावी प्रसंगलाई कोट्याउँदै शर्माले लेखे ‘दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु यो सरकारको पहिलो कार्यभार हो । हरेक बिद्यार्थी या सिभिल कर्मचारी वा राजनीति कर्मिहरुले भन्नुपर्छ म तिमिलाइ सेवा दिन्छु तिमी केवल साथ देउ ।’
कतिपयले फसाउन दाउ हेरेर बसेका छन् भन्दै होसियार भएर काम गर्न प्रायले स्ट्याटसमा प्रतिक्रिया दिएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उर्जामन्त्रालय सम्हालेका शर्माले छोटो समयमै लोडसेडिङ अन्त्य गरेका थिए । उनले उर्जा क्षेत्रमा निकै सुधारका कामहरुसमेत गरेका थिए

एक उत्तर छोड्न