भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन (फोटो सईत )

55
india vs pakistan champions trophy

काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । तर, पाकिस्तानले १८० रनको फराकिलो अन्तरले भारतलाई पराजित गरेपछि स्तब्ध बनेका भारतीय क्रिकेट फ्यानले आफ्नो रिस प्रदर्शन गर्न तोडफोड र नाराबाजीको सहरा लिएका छन् ।

त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

 

आक्रोशित पश्चिम बंगालका बासिन्दाले गरेको तोडफोड

आक्रोशित लखनउका बासिन्दाले आफ्नो टेलिभिजन सेट तोडफोड गर्दै
आक्रोशित लखनउका बासिन्दाले आफ्नो टेलिभिजन सेट तोडफोड गर्दै

भारतीय बलरलाई रुवाउने फखर जमान को हुन् ?

 

 

एक उत्तर छोड्न