माओवादीका उम्मेदवार बेपत्ता, खोजीका लागि वाइसियल परिचालन

146
माओवादीका उम्मेदवार बेपत्ता, खोजीका लागि वाइसियल परिचालन

असार । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् ।सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए ।उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ ।

एक उत्तर छोड्न