रवि लामिछाने कार्यरत टेलिभिजनको यस्तो हालत : पत्रकारलाई अपराधी जस्तो व्यवहार

876

काठमाडौं । अरुको कमजोरी औंल्याएर ¥याख¥याख्ती पार्ने पत्रकार रवि लामिछाने कार्यरत टेलिभिजन न्यूज२४ का पत्रकार गुनासो गर्ने ठाउँ नपाएर हैरान बनेका छन् । व्यवस्थापनले श्रमका मूल्य माग्दा उल्टै थर्काउने गरेपछि कतिपय पत्रकार टेलिभिजिनबाट रित्तो हात बाहिरिएका छन् ।

नेपाल बोर्डकास्टिङ च्यानल लिमिटेड (एनबिसि) ले न्यूज२४ टेलिभिजन र अनलाइन सञ्चालन गर्दै आइरहे पनि यसले पत्रकार तथा कर्मचारीलाई ४ महिनादेखि तलब नदिएर तड्पाएर राखेको गुनासो सुनिन्छ ।

व्यवस्थापनले कार्यरत पत्रकार तथा कर्मचारीको दायित्व पूरा नगरेपछि पत्रकार खाली हात धमाधम अर्को च्यानलतिर लागेका छन् । पछिल्ला केही महिनामा दीपेन्द्र दोङ, विकास थपलिया, मदन ढुंगाना, संगीता भट्ट, प्रतीक्षा भट्ट, शरद राई, मिलन श्रेष्ठ, उत्सल पाठक, विमल नेपाललगायत टेलिभिजनबाट बिदा भएका छन् ।

पावर न्यूज सञ्चालन गर्दै आइरहेका संगम बानियाँसमेत विदेशतिर लाग्ने तरखरमा रहेको चर्चा टेलिभिजनतिर छ । पछिल्लो समय न्यूज२४ मा कार्यरत अधिकांश पत्रकार जनता टेलिभिजनतिर लागेका छन् ।

बाँकी बसेका पत्रकार पनि अब टेलिभिजनमा श्रम शोषण गराएर बस्न नहुने सोचमा पुगेको बताइन्छ । पुराना बाहिरिए पनि टेलिभिजनाले भने नयाँ पत्रकार भित्र्याएर काम लिइरहेको छ ।

उता, पत्रकारलाई तलब दिन व्यवस्थापनले आनाकानी गरेपछि अनलाइनका सम्पादक र कोअर्डिनेटर बाहेकका सबैले केही दिनअघि मात्रै एकैपटक केही दिनअघि मात्रै एकैपटक राजीनामा दिएका छन् ।

तलबकै कारण वेबसाइट शून्य भए पनि पुरानै पत्रकारको नाम राखेर इज्जत धानिएको छ । तलब नपाएको भन्दै गुनासो गर्ने पत्रकारलाई व्यवस्थापनले भने उल्टै अपराधीलाई जस्तो व्यवहार गर्ने गरेको गुनासो पत्रकारहरुको छ ।

त्यहाँ कार्यरत एक पत्रकारका अनुसार, एचआर विभाग सम्हाल्ने सुमन राजभण्डारीले गुनासो लिएर पुग्ने पत्रकारलाई हकारेर पठाउने गरेको गुनासो छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

एक उत्तर छोड्न