कालीखोलामा पहिरो , पृथ्वी राजमार्ग अबरूद्ध

पृथ्वी राजमार्ग

हेटौँडा, माघ १५  – पहिरोको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट आएका लामो दूरीका यातायात साधन आज बिहानदेखि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको छ ।

चितवनको मुग्लिन र अन्य स्थानमा गएको पहिरोबाट बन्द भएको कारण त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी पश्चिमबाट आएका सवारी साधन नारायणघाट हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ प्रस्थान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडाले बताएको छ ।

Leave a Reply