धौलागिरी राउण्ड अब पर्यटकको नयाँ आकर्षण

0
पर्यटक

बेनी (म्याग्दी), माघ १५  – प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल बन्दै जान थालेको छ ।

पोखरा काटेर राउण्ड अन्नपूर्णको भ्रमणका लागि आउने पर्यटकमध्ये अधिकांश पर्यटक आफ्नो नेपाल बसाईलाई लम्ब्याउँदै राउण्ड धौलागिरिमा पनि पुग्नेगरेका छन् भने कतिपय पर्यटकहरुले राउण्ड अन्नपूर्णको विकल्पको रुपमा राउण्ड धौलागिरिलाई लिने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी हुँदै दरवाङलाई छिचोलेर उकालो चढ्दै पर्यटक मुना, मुदी, गुर्जा मात्र होइन बागलुङ, रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटनसम्म पनि पुग्ने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पर्यटकलाई बेनीबाट धवलागिरी आधारशिविर पुगी पुन बेनी फर्कन आठ दिन लाग्छ भने बेनीबाट आधारशिविर हुँदै बागलुङ पुग्न भने सात दिन लाग्दछ ।
विगत तीन वर्षयता पश्चिम म्याग्दीमा पर्ने राउण्ड धौलागिरिमा पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । धौलागिरी

सन् २०१० मा चार हजार ७७६ जना विदेशी पर्यटक पुगेको राउण्ड धौलागिरिमा सन् २०१४ मा मात्रै करिब ६ हजारको हाराहारीमा पर्यटक पुगिसकेका धौलागिरि पर्यटन परिषद्ले जनाएको छ ।

धौलागिरि हिमाल, गुर्जा हिमाल, चुरेन हिमालका साथै प्राकृतिक सुन्दरताको दृश्यावलोकन र जैविक विविधताको अध्ययनका लागि विदेशी पर्यटक राउण्ड धौलागिरि पदमार्गको भ्रमणमा पुग्ने गर्दछन् ।

फोटो – मुक्ति पाण्डे

एक उत्तर छोड्न