ओलीको भारत भ्रमणको तयारीका लागि पौडेल भारत जाँदै

काठमाडौँ,माघ १५- अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जानुहुने भएको छ ।

भारतमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेलको तीनदिने भारत भ्रमण तय भएको र सो अवसरमा दुई देशको आपसी हित एवम् सम्बन्धका विषयमा कुराकानी हुने उहाँका प्रेस सल्लाहकार मोहन चापागाईंले आज राससलाई जानकारी दिनुभयो ।

Leave a Reply