शिक्षामा बैकल्पिक चिन्तन  – पशुपति नेपाल

5
शिक्षा

शिक्षा: एक परिचय

शिक्षा सम्बन्धमा विभिन्न परिभाषाहरु रहेका छन् | हिन्दु दर्शनले शिक्षालाई अज्ञानताबाट मुक्ति र मोक्ष प्राप्तिका रुपमा प्रस्तुत गरेको छ | बुद्ध दर्शनमा चार आर्य सत्य (दुखको उत्पति, परिभाषा, अनुभब र निर्वाण प्राप्ति) तथा ज्ञान, शील र समाधि प्राप्तिलाई शिक्षा मानिएको छ |
शिक्षा के हो ? यस प्रस्नको प्राचिन दार्सनिक देखि विभिन्न चिन्तकहरुका लागि छलफल कै बिषय रहदै आएको छ किन भने यसको अर्थ निकै व्यापक छ | शिक्षाको उत्पति र बिकाशलाई विचार गर्दा प्राचिन काल, मध्यकाल र आधुनिककाल गरि तिनै कालका दार्सनिक, शिक्षाविद, मनोबैज्ञानिक, जीवशास्त्री, राजनीतिज्ञ, शिक्षक, ब्यापारी आदि सबैले आ – आफ्नो ढंगले यसलाई परिभाषित गरेका छन् |
शिक्षा सब्द सिक्ष धातुमा आ प्रत्यय जोडिएर बनेको हो, यसको अर्थ सिक्नु- सिकाउनु भन्ने हुन्छ | शिक्षाको साब्दिक अर्थ बिद्या/ ज्ञान हुन्छ | पुर्बिया सन्दर्भमा बिद्या सब्द संस्कृतको विद धातुमा य + आ प्रत्यय लागेर बनेको हो, जसको अर्थ जान्नु भन्ने हुन्छ | यसरी विद्याको अर्थ ज्ञान भन्ने हुन्छ | तसर्थ शिक्षाका साब्दिक अर्थहरुबाट शिक्षा भनेको ज्ञान प्राप्ति वा शिक्षण कला, सीप, प्रवृति र बानीहरुको बिकाश हो |

शिक्षाका बिबिध पक्ष

     शिक्षा व्यक्तिगत, सामाजिक तथा आर्थिक बिकाशको सशक्त माध्यम हो | त्यस्तै शिक्षा ज्ञानको मुहान, व्यक्ति, समाज र रास्ट्रको  दीगो बिकाशको बाटो हो | यसै प्रकारले शिक्षा, शक्ति, चेतनाको मार्ग र समाज बिकाशको सम्बाहक हो | शिक्षा भनेको कुनै ज्ञान वा सीप सिक्नु, कुनै पनि नया कुरा सिक्नु, नया अनुभब प्राप्त गर्नु तथा व्यक्तिमा हुने प्रत्येक व्यवहारिक परिवर्तन हो | नया अनुभवले जीबनमा परिबर्तन ल्याउछ र अनुभब प्राप्त गर्ने प्रक्रिया अटुट एबम जीवन्त प्रक्रिया हो | दार्सनिकको दृस्टीमा  शिक्षा दर्शनको व्यावहारिक पक्ष हो, अर्थशास्त्रीको दृस्टीमा शिक्षा भनेको व्यक्तिको उत्पादनसिलताको बिकाश हो | मनोबैज्ञानिकका अनुसार शिक्षा सिकाइको एक प्रक्रिया हो, शिक्षाविदका अनुसार व्यक्तिमा जे जति परिवर्तन एबम परिमार्जन हुन्छ त्यो नै शिक्षा हो, राजनीतिज्ञहरुका अनुसार शिक्षा व्यक्तिलाई मानब अधिकार प्रति सचेत गराउने प्रक्रिया हो |
शिक्षालयहरुले  शिक्षा दिने  कार्य गर्दछ |  शिक्षा भनेको एक प्रक्रिया हो | यस प्रक्रियाबाट ज्ञान वितरण गरिन्छ | हामी ज्ञान दुइ  प्रकारले प्राप्त गर्दछौ | पहिलो प्रकृतिलाई हामीले अनुकुल बनाउने प्रक्रियामा प्राप्त गरेका अनुभबहरु हुन् | दोस्रो समाज निर्माण गर्ने क्रममा प्राप्त गरेका अनुभबहरु  हुन् | प्रकृतिलाई अनुकुल बनाउने प्रक्रियामा र समाज निर्माण गर्ने क्रममा जम्मा गरिएका अनुभबहरुको मूल कोणलाई ज्ञान भनिन्छ | त्यो ज्ञानलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियाको माध्यमलाई हामी बिध्लायाय, कलेज वा शिक्षालय भन्दछौ |
जीवनको लडाईमा  हाम्रो अगाडि अनेकौ प्रतिकुलताहरु, जटिलताहरु, चुनौतिहरु आउछन त्यो बेला ति जटिलता र चुनौतीहरुलाई चिर्ने सक्ने सामर्थ्य  शिक्षालयले निर्माण गर्छ कि गर्दैन त्यहि नै ज्ञान हो | भविस्यमा अरब वा अमेरकामा गएर काम गर्नु पर्ने हुन् सक्छ, देश नै चलाउनु पर्ने हुनसक्छ, नीति निर्माण गर्ने स्थानमा पुग्नु पर्ने हुन् सक्छ व्यक्तिले त्यो सामर्थ्य बिकाश गर्यो कि गरेन हामीले शिक्षामा हेर्नु पर्ने कुरा यहि  नै हो |

सम्प्रेषणको प्रक्रियाको रुपमा शिक्षा  एबम अभिभावकको भूमिका

     जसरी जैविक रुपमा जीबन सम्प्रेषण (ट्रान्समिसन) प्रक्रियाको माध्यमबाट कायम रहन्छ, त्यसरी नै समाज पनि सम्प्रेषण कै माध्यमबाट अगाडी बढ्दछ | यो सम्प्रेषण उमेरमा ठुलाबाट आफु भन्दा कम उमेरकाहरुमा काम गर्न, सोच्न र अनुभूतिको बानीको सम्प्रेषण द्वारा हुने गर्दछ | यसरी विचार र परम्पराको सम्प्रेषण द्वारा, लगातार र बार- बार नया सिराबाट समाजको ताना- बाना बनिने गर्दछ | शिक्षाको छेत्र पनि यहि कुरा लागु हुन्छ |
परापूर्व कालमा जीबनको सुरुवात भोक मेटाउने र परिवारको निरन्तरता सुनिस्चित गर्ने उदेस्यले भयो, ब्यवास्ताबद्ध श्रमको प्रारम्भ, अधिकांस त् अरुलाई दास बनाउने परिणाम स्वरुप भयो | आज हाम्रो जीबन औधोगिक भएको छ, जसरी मानबिय सहचर्यबाट विश्वको कार्य चल्ने गर्दछ, श्रमसिलता र मितब्ययिता आदि गुण प्रति हुने प्रतिक्रिया छाडेर, त्यस प्रति हुने बौद्धिक र भावनात्मक प्रतिक्रिया प्रति कम ध्यान दिने गरिन्छ | यसको बिपरित भौतिक परिणाम तिर अपेक्षाकृत धेरै ध्यान दिने संसारको प्रवृति  बढेको छ |
यी प्रक्रिया सिधै प्रसिक्षण अर्थात् बिद्यालय शिक्षाबाट नै  सुरु हुने गर्दछ | कुनै पनि व्यक्ति सफल हुनुमा बिद्यालय कलेजका शिक्षक, कर्मचारी, घर परिवारका सदस्यहरु जो अहोरात्र खटेर आफ्ना छोरा- छोरीहरुले राम्रो गरुन भनेर दुख जति सबै आफुले बोकेर मिहिनेत गर्दछन त्यसैको  कारणले नै सन्तानहरुले शिक्षा प्राप्त गर्ने बाताबरण बन्दछ | तसर्थ अभिभावकहरु सन्ततिहरुको शिक्षा आर्जन  गर्ने प्रक्रियामा धेरै ठुलो हकदार हुन्छन |

 पास र फेल मापदण्ड

    पास र फेल हुने विधिको जुन हाम्रो शिक्षा प्रणालीले बिकाश गरेको छ त्यस बिषयमा गहन विचार बिमर्श हुनुपर्दछ | यो पास र फेल भन्ने बारेमा जुन मोडेल  छ,   त्यो ३ घण्टाको जांचको आधारमा मात्र  पास र फेल मुल्यांकन गर्ने परिपाटी गलत छ,  यसलाई ग्रेडिंग सिस्टम मुल्यांकनको बिधि द्वारा हाल गर्नु पर्दछ | हाम्रो शिक्षालयहरुको हालत हामी सबैलाई थाह छ, पूर्वाधार  हुदैन, एकै वर्षमा पटक- पटक शिक्षा अधिकारीहरु परिवर्तन हुन्छन | तसर्थ फेल भन्ने सब्दलाई हामीले झिक्न जरुरी छ | हाम्रो औसत मापदण्डको कारणले मात्र हो, नत्र अनुतिर्ण भनिएका एसएलसी भन्दा कम अध्ययन गरेकाहरु खाडी मुलुकमा काम गरि रहेका छन् एक ढंगले अगाडि रहेका छन् | बस्ताबमा मानिस सफल छ कि छैन भन्ने कुरा उ उत्पादनसिल  नागरिक हो कि होइन, उ उत्पादन गर्न सक्छ कि सक्दैन, उ आफ्नो आजिबिकाको समस्या हल गर्न सक्छ कि सक्दैन भन्ने कोणबाट हेर्न जरुरी छ |
हामीले इतिहास हेर्यौ भने कयौ प्रसिद्ध साहित्यकारहरुले औपचारिक डिग्रीहरु लिएका छैनन् | डिग्रीले  मानिस कति ज्ञानी हो भन्ने कुरा निर्धारण गर्दैन | डिग्री त् आजकाल छिमेकि मुलुकका विभिन्न स्थानमा बिक्रि भै रहेको द्रिसत्रान्त्र हाम्रो सामु छ | डिग्रीले बिध्वता आर्जन गर्दैन | शिक्षाले  बास्तबमा मानिसहरु भित्र रहेका प्रतिभाहरुलाई प्रस्फुटित गर्न खोज्नु पर्दछ | शिक्षाले उसलाई क्षमतावान बनाउने  कोसिस गर्नु पर्दछ | उसलाई सक्षम नागरिक बनाउने प्रक्रिया शिक्षा हुनुपर्दछ | संसारको जुन सुकै कुनामा काम गर्दा पनि उसले त्यहाको प्रतिकुलतहरुलाइ चिर्दै जीबन यात्रा अगाडि बढाउनस कोस त्यसो मान्छे बनाउने प्रक्रिया शिक्षा हुनुपर्दछ |
यो कोणबाट हेर्दा हामीले हाम्रो शिक्षा प्रणालीको बिषयमा नया ढंगले बहस गर्न जरुरी छ | अहिले सार्वजनिक, सामुदायिक शिक्षालयहरुको स्थर निकै खस्कदो छ | किन कि यो संस्थाहरुलाई भन्ने बेला मा राज्यको मातहतमा   राखिएको छ तर राज्यले दिनु पर्ने न्युनतम कुरा पनि दिएको छैन | यो स्थितिमा सार्बजनिक तथा सामुदायिक शिक्षालयहरु गुज्रिरहेका छन् |

शिक्षक, संगठन र भौतिक सम्पदा सम्बन्धमा
शिक्षक, शिक्षाका  संगठन, शिक्षा छेत्रमा काम गरेकाहरुलाई थाह छ  सामुदायिक शिक्षालय भित्र १९ प्रकारका शिक्षकहरु देखिन्छन  | जहाँ विद्यार्थीको पठन -पाठनका लागि एकै प्रकारका शिक्षकहरु हुनुपर्दछ, जहा शिक्षक बन्नका लागि सबै भन्दा गौरवान्बित हुनुपर्ने हो, त्यो नभएर एका तर्फ  जागिर खाने मानसिकताबाट शिक्षक भर्ति गर्नुपर्ने र अर्को तर्फ शिक्षकका न्युनतम कुरा पनि पूर्ति गर्न नसक्दा परिक्षाफल राम्रो आउन सक्दैन |
नया अध्ययनले नया करारका शिक्षकहरु उनीहरुको निरन्तरताको कारणले तत् स्थानमा परीक्षाफल राम्रो देखिएको छ | तर पुराना स्थाई शिक्षक भएका ठाउमा परीक्षाफल खस्कदो देखिएको छ | यो प्रतिबेदन ठीक छ कि छैन त्यसमा पनि नया सिराबाट बहस र छलफल हुनु जरुरी छ | जहा एउटा क्यान्टिन हुदैन, जहा एउटा खेल्ने मैदान हुदैन, जहा पुस्तकालयमा पुस्तक हुदैन, जहा छात्राबास हुदैन, जहा न्युनतम प्रयोगशालाहरु  हुदैन, जुन शिक्षालय एक शैक्षिक केन्द्र हो भन्ने लायकको अवस्था छैन, त्यस्तो ठाउमा अभाबका बीचमा, जहा छात्राहरुको लागि पढ्ने बेलामा जाने एउटा सौचालय समेतको व्यवस्था  हुदैन त्यस्तो अवस्थामा नेपालको अधिकांस शिक्षालयहरु  गुज्रिरहेका छन् |

शिक्षा नीति सम्बन्धमा
नेपालमा शिक्षा छेत्रमा ४४ वटा ऐन छन्, त्यस्तै शिक्षा नीति, नियमावलीहरु, मन्त्रालयका निर्णयहरु छन्, एक पछि अर्को निर्णयहरुले गर्दा काम अगाडि बढ्न सकेको छैन | यी सबै कुराको जड शिक्षा नीतिमा रहेको छ | शिक्षा नीति बन्दा निजी छेत्रका शिक्षालयलाइ  केन्द्रित गरि बनाइन्छ | सार्वजनिक र सामुदायिक शिक्षालयको कुरा सुनिदैन, निजी छेत्रको कुरा पहिले नै मिलिभगत गरिन्छ | हाम्रा संरचनाहरु यसरी नै चलिरहेका छन् | म निजी शिक्षालयहरुको बिरोधमा छैन, म उनीहरुको बिरुद्धमा पनि छैन तर निजी छेत्रका सक्षम शिक्षकहरु जस्तै, निजी छेत्रका सुबिधा सम्पन्न शिक्षालय जस्तै हाम्रा सार्वजनिक र सामुदायिक शिक्षालय किन नबनाउने ? के कारणले उनिहरुलाई चाहिएको बजेट, ति शिक्षालयहरुलाई चाहिएको रकम बिनियोजन नगर्ने ?
२०४६ सालको निजीकरणको प्रक्रियापछि त्यस्तो लायिन ल्याइएको छ जसको कारण दुइ खालका शिक्षालयहरु,  दुइ खालका शिक्षाको प्रक्रिया चलिरहेको छ | के अहिलेको परिपेक्ष्यमा सार्वजनिक बिद्यालयमा अध्ययन गरिरहेको बाल- बालिकाले बुधनिलाकण्ठ, सेन्ट जेभियेर्समा  परिक्षा दिदा उतिर्ण हुन् सक्छन ? यसरी हेर्दा एकातिर सफलता र अर्को तिर विफलता देखिन्छ | तसर्थ यो वर्तमान मोडल अनुसार जसरी विद्यार्थीहरु निर्माण गर्ने जुन परिपाटी छ त्यो मिलेको छैन, ठीक छैन | ०४६ पछि ०६२/६३ र अहिले ०७२ सालसम्म आउदा युगान्तकारी परिवर्तनहरु भएका छन् | यी परिवर्तन अनुसारका नीतिहरु बनेका छैनन्, संरचनाहरु बनेका छैनन्  | तसर्थ हामीले शिक्षाको बिकाशको बिसयमा १० बर्से,  २० बर्से, ३० बर्से, ५० बर्से कार्ययोजना बनाएर बृहद बहस  गर्न जरुरी छ |

 व्यवस्थापन समितिको भूमिका
बिद्यालय व्यवस्थापन समितिको कुरा गर्दा जुन समिति विद्यार्थीको भविस्यलाई आफ्नो भविस्य ठानेर, आफ्नो काम ठानेर काम गरेका छन्, ति शिक्षालय राम्रा छन् | शिक्षालयमा व्यवस्थापन समितिको अदक्ष्य अभिभावक हुनुपर्दछ तर हामीले धेरै बिद्यालयहरुमा  हेर्यौ भने ति अदक्ष्यहरु अभिभावक छैनन् | बिद्यालय व्यवस्थापन समितिको चुनाबको बेला भयङ्कर प्रतिस्पर्धा गर्ने र फर्केर बिद्यालय पनि नजाने जुन परिपाटी छ त्यसले विद्यालयको बिकाशमा, विद्यार्थीको भविस्य निर्माणमा धेरै ठुलो प्रभाब पर्दछ | विद्यालयको बिकाशमा बिद्यालय व्यवस्थापन समितिको भूमिका पनि  महत्वपुर्ण हुने हुदा हामीले सबै पाटोमा सोच्न जरुरी हुन्छ | जनताको पक्षको आवस्यक किसिमको शिक्षा नभएको बेलामा, देशले माग गरेको शिक्षा नीति नभएको बेला, विद्यार्थीको कोणबाट, शिक्षकको कोणबाट र सम्पूर्ण कोणबाट सोच्न जरुरी छ | यहाका समस्याहरु यहि शिक्षाका कारण आएका हुन् | शिक्षाको बारेमा लोकतान्त्रिकरणको यो प्रक्रियामा राज्यको दायित्वको बिषयमा बृहद मन्थन  हुन् जरुरी छ | शिक्षक, प्राचार्य, बुद्धिजिबी, समाजसेवीहरुले समेत नेपालको शिक्षा नीतिको बिसयमा नया ढंगले आफ्ना दृस्टीकोण पस्कन जरुरी छ  |
शिक्षाको बिषय आउदा औसत एउटा मानिस निर्माण गर्ने प्रक्रिया हुन्छ | तसर्थ शिक्षालय निर्माणको कुरा राष्ट्रिय एकता निर्माण गर्ने कार्य पनि हो | उच्च शिक्षामा समाबेसिताको कुराले मात्र सबै कुरा  हल हुन् सक्दैन, त्यहाँ एक स्तरको निर्धारण समेत गर्नु पर्दछ | हामी त्यस्तो शिक्षालयहरुको निर्माणमा लाग्नु पर्दछ जसले भोलि देश चलाउने, अन्तरास्ट्रिय छेत्रमा गएर काम गर्ने सामर्थ्यवान नागरिकहरु उत्पादन गर्न सफल होस् |

युवा विद्यार्थी एबम संगठनको भूमिका
हामीले बुद्धको जीबन पढेका छौ | राजपरिवारमा जन्मेका बुद्धले घर छाड्नु भयो, ज्ञान प्राप्त गर्नु भयो, ज्ञान प्राप्त गरे पछि उहाले के विचार गर्नु भयो भने, मैले प्राप्त गरेको ज्ञान म संघ मात्र राखेर हुदैन तसर्थ ज्ञान अरु समक्ष पनि पुर्याउन थाल्नु भयो | त्यसो नगरेको भए उहा संगै उहा संघ भएको ज्ञान जाने थियो | उहाले त्यो ज्ञान दिएर मात्र नहुने  रहेछ “संघम सरणम गच्छामी” भनेर त्यस्तो किसिमको संस्थाहरु निर्माण गर्नु भयो जसले ति प्राप्त भएका ज्ञानलाई सम्प्रेषण गरुन | हामीले पनि प्राप्त ज्ञानलाई संगठनको माध्ययम द्वारा संगठित भएर आउदो पुस्तालाई सम्प्रेषण गर्न जरुरी छ |
जीवनका सुन्दर पक्षहरुलाई अनुभब गर्दै, खराबीको अन्त्यको लागि एबम शिक्षालाई सुन्दर श्रेष्ठ र जीबन उपयोगी बनाउनका लागि युवा विद्यार्थीले संगठित हुदै संघर्ष गर्नुपर्दछ | युवा विद्यार्थी बाटाका किनारमा बसेर दर्सक भएर हैन, परिवर्तनको बाहकको रुपमा सहभागी हुनुपर्दछ, सम्मलित एबम एकाकार हुनुपर्दछ |  कुनै पनि देशका आधार स्थम्भ युवाहरु नै भएकाले शिक्षाका यी यावत समस्याहरुका समाप्त गरि , बैज्ञानिक,  व्यवसायीक एबम  जीबन उपयोगी शिक्षा प्राप्तिका निमित्त युवा बिद्यार्थीहरुले महत्वपुर्ण भूमिका खेल्नु पर्दछ |

अन्त्यमा
हाम्रो पठन पाठन सूचना संकलनमा मात्र आधारित छ | इन्टरनेटको प्रयोगको सीमा बढाउन सकेमा यो सूचना झन् बढी प्राप्त गर्न विद्यार्थीहरु सफल हुनेछन | शिक्षालयहरु आम नागरिक बनाउने कारखाना हुन् | हामी कहा ब्रिटिशहरुले भारतमा चलाएको शिक्षा अझ सम्म प्रचलनमा छ | लर्ड म्याकेनले द्वारा प्रतिपादित यो  शिक्षाको मुख्य उदेस्य आज्ञापालक कामदार निर्माण हो |  सम्झना गर्न नसक्दा  फेल हुने थोत्रो परिपाटीबाट हाम्रो शिक्षा ग्रसित छ | यो सूचनाबाट प्राप्त हुने शिक्षालाइ हल गर्न ज्ञानलाइ निर्माण गर्ने अर्को मोडलमा जान जरुरी छ | सूचनालाई केन्द्रित गरि ज्ञान प्राप्त गर्ने दिशामा जान जरुरी छ | शिक्षा भनेको कल्चर पनि हो | शिक्षालय एउटा विद्यार्थीलाई अनुसासित, मर्यादित बनाउने एउटा मन्दिर पनि हो | यी कुरा पाठ्यपुस्तकले मात्र निर्धारण गर्दैन | शिक्षकले विद्यार्थीको क्षमता जागृत एबम प्रस्फुटित बनाउनुपर्दछ  |  शिक्षकले कल्चरका बारेमा पुराना र नयाको बारेमा, सम्बन्धको बारेमा, समयको बारेमा अझ  बढी मिहेनत गर्नुपर्दछ अनिमात्र देशमा सक्षम देश निर्माण गर्ने नागरिक बन्नेछन |
मानवीय जीबनको सफलता- असफलता, उन्नति- अवनति र सार्थकता – निरकरथा शिक्षा द्वारा निर्धारित हुन्छ | असल शिक्षा व्यवस्थाले मानिसलाई सुख, शान्ति, सम्पन्नता, प्रसन्नता र आनन्द तर्फ़ डोर्याउछ भने खराब शिक्षा व्यवस्थाले उसलाई दुख, अशान्ति, निरासा र गहन पीडा तर्फ़ धकेल्छ | रास्ट्रको परिभासा र शिक्षाको मिलित स्वरुप खिचिएको छैन | संस्कार, इतिहास र अर्थतन्त्र मिलाइएको चित्र  बनेको छैन | तसर्थ बहुपक्षिय मिलनको खोजी गरि शिक्षामा आमुल रुपान्तरण गर्न बृहद छलफल गरि युग सुहाउदो शिक्षाको मोडेल बिकाश गर्न जरुरी छ |

(लेखक नया शक्ति निर्माणका निम्ति विद्यार्थी अभियानका केन्द्रिय अभियन्ता हुन्)

एक उत्तर छोड्न