कक्षा बंक गरेर फिल्म हल

कक्षा बंक गरेर फिल्म हल

भक्तपुर,माघ १५ – कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई आज बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए । पकाउ परेका छात्रछात्रालाई सम्बन्धित उमाविका शिक्षक र अविभावकको जिम्मा लगाएर आजै छाडिएको प्रहरी उपरीक्षक वज्राचार्यले बताउनुभयो । प्रहरीले चलचित्रघरका मालिक श्याम जोशीलाई समेत नियन्त्रणमा लिएको छ । रासस

Leave a Reply