संविधान संशोधनपछि मधेस आन्दोलनले उठाएका माग पूरा भएको राज्यमन्त्री भण्डारीको दाबी

2
संविधान संशोधनपछि मधेस आन्दोलनले उठाएका माग पूरा भएको राज्यमन्त्री भण्डारीको दाबी

कञ्चनपुर, १६ माघ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले संविधान संशोधनपछि मधेस आन्दोलनले उठाएका माग पूरा भएको बताउनुभएको छ ।

कञ्चनपुको भाँसीमा रहेको शुक्लाफाँटा एफएमले ‘सुदूरपश्चिमका विकासका सम्भावना’बारे आज बिहान आयोजना गरेको कार्यक्रममा उहाँले मधेस आन्दोलनले उठाएका माग पूरा भएकाले सबै नाका सहजरुपमा खुल्ने बताउनुभयो ।

भूकम्प प्रभावित १४ जिल्लालाई पहिलो प्राथमिकतामा राखी पुनः निर्माण प्राधिकरणले कार्यलाई अगाडि बढाइसकेको जानकारी राज्यमन्त्री भण्डारीले दिनुभयो ।

पेट्रोलियम पदार्थको अभावले समेत विकास निर्माणको कार्य प्रभावित भएकाले सहजरुपमा पेट्रोलियम पदार्थको ढुवानीका लागि सरकार प्रयासरत रहेकाले यो समस्या चाँडै समाप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एक उत्तर छोड्न