सन्दीपले गरे ह्याट्रिक , नेपालीको खेलबाट भारत सशंकित

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते

काठमाडौं माघ १६ – बंगलादेशमा जारी यु १९ विश्व कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालका बलर सन्दीप लामिछानेले ह्याट्रिक गरेका छन्|    बंगलादेशमा जारी यु १९ विश्व कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले आएरल्याण्डको सामना गरिरहेको छ |स्थानीय फतुल्लाहाको खान साहेब ओस्मान अलि रंगसालामा आएरल्याण्डले टस जितेर ब्याटिंग गरिरहेको छ | यो समाचार तयार पर्दा सम्म आएरल्याण्डले  ४५  ओभरमा  ८  विकेट गुमाई  १०८  रन बनाएर खेली रहेको छ |

नेपालका बलर सन्दीप लामिछानेले ३१ औं ओभरको अन्तिम ३ बलमा लगातार ३ विकेट लिएर ह्याट्रिक गरेका छ | विश्वकपमा ह्याट्रिक गर्ने उनि पहिलो नेपाली खेलाडी हुन् |

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्ड लाई हराएर सनसनी मच्चाएको थियो |नेपालले आफ्नो समुहको अन्तिम खेलमा भारतको सामना गर्ने छ | नेपाली खेलाडीको प्रदसन बाट उपाधि दाबेदार भारत पनि त्रशित देखिन्छा |

Leave a Reply