नारायणकाजी अपमानित !

0

काठमाडौँ, माघ १७ – डा . बाबुराम भट्टराईले एमाओबादी परित्याग गरे पछी अर्का नेता नारायणकाजी श्रेष्ठ पार्टी भित्र आफु अगाडी बढ्ने अबरोध हटेको रुपमा बुझेका थिए | तर उनको त्यो बुझाई गलत रहेको साबित हुँदै आएको छ | उनी एमाओबादी भित्र झनै कमजोर बन्दै गएको एमाओबादी निकट व्यक्तिहरु बताउँछन् | आफु कमजोर भएकै कारण कहिले राजिनामा गर्ने त कहिले फिर्ता लिने नौटंकी गरेर बसेका छन् |

बिगतमा भट्टराईको आडमा श्रेष्ठ पनि बलिया देखिन्थे | तर उनको समर्थनमा सभासद्हरु नरहेको र करिब एक दर्जनको हाराहारीमा मात्र केन्द्रीय सदस्यहरु रहेकोले उनको प्रभाब कमजोर बन्दै गईरहेको एमाओबादीजनहरु बताउँछन् |

नारायणकाजी  समुहबाट एमाओबादी प्रवेश गरेर हाल शिक्षामन्त्री भएको गिरिराजमणि पोखरेलले पनि श्रेष्ठलाई भन्दा प्रचन्डलाई नै बढी महत्व दिन थालेपछि उनि झन् कमजोर देखिएको बताईन्छ |

मन्त्रीहरुले आफुहरुले संयोजकको भन्दा पनि पार्टी अध्यक्ष प्रचण्डको निर्देशनलाई मान्नुपर्ने बाध्यता रहेको स्पस्ट गरेपछि उनले संयोजकको पदबाट राजिनामा नै दिएका थिए | तर पुन: अध्यक्ष प्रचण्डले थुम्थुम्याउन थालेपछि उनले राजिनामा फिर्ता लिएका छन् |आजको देशान्तर साप्ताहिकमा यो खबर प्रकाशित छ |

एक उत्तर छोड्न