खलङ्गामा गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार

0
ड्युटीमा

जुम्ला, माघ १७  – सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ ।

विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा सनिबार  राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।

नायब उपरीक्षक कोइरालाका अनुसार सो घटनामा एकजनालाई अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । राति ८ बजेतिर गोली चलेको थियो । गोली कसले चलाएको भन्नेबारेमा थप अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ । रासस

एक उत्तर छोड्न