आजदेखि झण्डा मेला सुरु (भिडियो समेत )

झण्डा मेला

गौशाला, माघ १७  – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ स्थित रमौल गाउँमा आजदेखि झण्डा मेला सुरु भएको छ । 

रमौलाका बासिन्दाको सहयोगमा रु तीन लाखको लागतमा १०५ फिट अग्लो झन्डा निर्माण गरी झन्डा मेला सुरु भएको पं बद्रीनारायण झाले बताउनुभयो ।
सो मेलामा अत्याधुनिक प्रविधिबाट निर्मित चार घोडा सहितको रथ, रथका सारथीका रुपमा कृष्ण र हनुमानको ठूलो मूर्ति निर्माण गरिएको छ । झन्डा सोही रथमाथि निर्माण गरिएको छ ।
चार दिने मेलालाई थप आकर्षक बनाउन सो स्थानमा २४ घन्टै विभिन्न नाच, तमासा, खेल, झुला र मनोरञ्जनका अन्य व्यवस्था गरिएको छ ।

Leave a Reply