पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

पाँचथर, माघ १७ – तुलसी क्षितिजलाई अध्यक्षमा चयन गर्दै प्रेस चौतारी पाँचथरको पाँचौँ जिल्ला अधिवेशन  सम्पन्न भएको छ ।
शनिबार भएको अधिवेशनले उपाध्यक्षमा सहमान विश्वकर्मा, सचिवमा शान्ति राई, उपसचिवमा अर्चना गुरुङ र कोषाध्यक्षमा सागर खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा नारायण तुम्बापो, गणेश साम्पाङ, महेन्द्र लुइँटेल, रमला राई, दीपेन राई र विष्णु इङ्वालाई चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा युधिष्ठिरराज अम्गाई र अनिता राई लाई चयन गरिएको छ ।
चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले अधिवेशनको उद्घाटन गर्दैस्थानीय तहमा रहेका सञ्चारगृहको स्थायित्वलाई सबै पक्षले प्रमुखका साथ लिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी पाँचथरका संस्थापक सचिव रामप्रकाश सम्थिङलाई सम्मान समेत गरिएको छ ।

Leave a Reply