करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता

europol

द हेग (नेदरल्यान्ड),  माघ १७ – युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ ।

युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ ।
युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे अन्तर्राष्ट्रिय समाचार संस्था (एएफपी) लाई पुष्टि गर्दै जानकारी गराएको र यो बेलायती पत्रिका ‘द अब्जरर्भर’ मा प्रकाशित भएको बताइएको छ ।
युरोपोलका कर्मचारी प्रमुख ब्रेन डोनाल्डले युरोपमा आइसकेका र शरणार्थीको दर्ता प्रक्रियामा परे पनि यसपछि उनीहरुको स्थिति अज्ञात रहेको बताउनुभयो ।

हामीले १० हजारभन्दा बढी हराएका बालबालिकाको खोजी गर्नु अन्यथा हुने छैन भन्दै डोनाल्डले भन्नुभयो, यसरी युरोप प्रवेशपछि हराएका बालबालिकामध्ये पाँच हजार इटालीबाटै बेपत्ता भएका छन् ।
हराएका सबै बालबालिकालाई यौनजन्य अपराधमा प्रयोग गरिएको भन्ने नभए पनि उनीहरुको अवस्था हामीहरुलाई थाहा छैन, डोनाल्डले थप्नुभयो ।
केही बालकालिका युरोप छिर्ने क्रममा आफ्ना अभिभावकबाट छुट्टिए पनि पुनः अभिभावकको सम्पर्कमा आएको हुनसक्ने युरोपोलको भनाई छ । तर यस सम्बन्धमा आधिकारिक तथ्याङ्क केही नभएको डोनाल्डले बताउनुभयो ।

एक उत्तर छोड्न