नेपाल र भारतबीच क्रिकेट जारी: ३ विकेट खस्यो नेपालको

 काठमाडौँ,  माघ १८ -उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत नेपाल र भारत बीचको ‘समूह डी’को अन्तिम तथा निर्णायक खेल केहि समय अघि सुरु भएको छ । अहिले सम्म नेपालको  ३ विकेट खसिसकेको छ  |

बङ्गलादेशको ढाकास्थित शेरबङ्गला रङ्गशालामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । यो समाचार तयार पार्दासम्म नेपालले १७  ओभरको समाप्तिमा ३  विकेट गुमाउँदै ४८  रन बनाएको छ ।

यो समूहबाट नेपाल र भारत समान दुई÷दुई खेल जितेर क्वाट रफाइनलमा पुगि सकेका छन् । दुवै टोलीले न्युजिल्यान्ड र आयरल्यान्ड लाई हराएका थिए ।

दुई खेलको समाप्तिमा नेट रन रेटमा भारत भन्दा नेपाल पछि छ । तसर्थ समूह विजेता बन्न नेपाललाई जितको खाँचो छ ।

एक उत्तर छोड्न