प्रचण्डको “अफ द रेकर्ड” छताछुल्ल

जनयुद्धका
prachanda

काठमाडौँ  माघ १८ – “अफ द रेकर्ड” भनेर आफ्ना निकट अगुवा पत्रकारहरुलाई आफ्नै निवासमा एमाओबादी अध्यक्ष पुष्पकमल दाहालले बोलाएर भने -“भारतले मधेसलाई क्रिमिया , बंगलादेश बनाउन खोजेको छ |” यो उनको सम्बेदसिल भनाई उनि निकट पत्रकारले आफ्नै मिडियामा तुरुन्तै प्रसारित गरे | जसले गर्दा लैनचौर र लाजिम्पाट बिचको चिसोपन थपो बढेको स्रोत बताउँछ |

यो समाचारले देशमा त खासै प्रभाब पारेन , पुष्पकमलले यस्ता स्टन्ट बाजी गर्छन भन्ने धेरैलाई थाहा छ तर काठमाडौँको लैनचौर स्थित भारतीय राजदुतावास भने निकै सक्रिय भएर तत्काल त्यसको सत्य तथ्य खोजबिनमा लाग्यो |

पुष्पकमलले  के आधारमा यो चर्चा गरेका हुन् ? र , मिडियामा आएको समाचारको आधिकारिकता हो कि होइन भनेर राजदुताबास बालुवाटारको स्रोत सम्म पुगेको बालुवाटार निकट स्रोतले जनायो | पुष्पकमल निकट स्रोतबाट उनको भनाई सिडी वा पेन ड्राईभमा लिन एमाओबादी निकट आफ्ना पात्रहरुका साथै ऋषि धमलालाई समेत उसले परिचालन गरेको एमाओबादी निकट पत्रकारहरु बिचमा समेत अहिले व्यापक चर्चा छ|उसले सिडी पाएर हो या प्रचण्डको भनाइ हावादारी ठानेर हो राजदुतावास यति बेला भने शान्त रहेको स्रोत बताउछ|

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित छ |

Leave a Reply