गृह जिल्लामा नै कोइराला अल्पमतमा

3
मा

काठमाडौँ  माघ १८ – गत शनिबार साँझ कांग्रेस सभापति सुशील कोइरालाले अचानक आफ्ना निकटस्थ दुई जना कानुन व्यवसायीलाई बोलाए | उनीहरु पुग्नासाथ हालखबर  समेत नसोधी उनले भने -“ल महाधिबेसन तुरुन्त स्थगित गर्नु पर्ने भयो , कसरि सकिन्छ भन्नोस् ? ” पार्टी बिधान र मुलुकको संविधानले समेत अब महाधिबेसन रोक्न नसक्ने सुझाब उनीहरुले दिएपछि जंगिदै कोइरालाले भने ” के उसो भए अब पार्टी देउबालाई बुझाउने त ? पार्टी बर्बाद हुन्छ, यस्तो काम गर्न मा कसरि सक्छु ?”मानसिक सन्तुलन नै गुमेको मान्छे जसरी सुशील बर्बराउन थाले पछी उनीहरु पनि उठेर हिंडे |

शुक्रबार र शनिबार देशभरका करिब ३ हजार गा  वि स  र नगरका ४ हजार वडामा भएको अधिबेसंनबाट को बलियो र को कमजोर भन्ने आंकलन गर्न सकिने स्थिति छैन | समग्रमा कोइराला पक्षको स्थिति बाहिर चर्चामा आएको जस्तो साफै भएको पनि हैन |

तर गृह जिल्ला बाँकेमा आफ्नो पक्ष पुरै बढारिएका कारण सभापति कोइराला यसरि आतिएका हुन् | आफ्नो जिल्ला बाँकेबाट आफुलाई २० प्रतिशत मत पनि नआउने स्थिति बने पछी सभापति कोइराला महाधिबेशंबाट भाग्ने सम्भाबना पनि त्यत्तिकै छ |

आजको तरुण साप्ताहिकमा यो खबर प्रकाशित छ |

एक उत्तर छोड्न