नेपालले भारतलाई दियो १७० रनको चुनौती

काठमाडौँ,  माघ १८ -उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको ‘समूह डी’को अन्तिम तथा निर्णायक खेल जारी नेपालले भारतलाई दियो १७० रनको चुनौती |

बङ्गलादेशको ढाकास्थित शेरबङ्गला रङ्गशालामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले निर्धारित ४८ ओवरमा ८ विकेटको क्षेतिमा १६९  रन बनाएको छ । भारतले अब केहि बेरमा जबाफी ब्याटिंग गर्दै छ |

यो समूहबाट नेपाल र भारत समान दुई-दुई खेल जितेर क्वाटरफाइनलमा पुगिसकेका छन् । दुवै टोलीले न्युजिल्यान्ड र आयरल्यान्डलाई हराएका थिए ।

दुई खेलको समाप्तिमा नेट रन रेटमा भारतभन्दा नेपाल पछि छ । तसर्थ समूह विजेता बन्न नेपाललाई जितको खाँचो छ ।

Leave a Reply