नेपाल ७ विकेटले पराजित

नेपाल ७ विकेटले पराजित

काठमाडौँ, माघ १८- बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल लाई भारतले ७ विकेटले पराजित गरेको  छ ।

बङ्गलादेशस्थितको ढाकास्थित शेर ए बङ्गला राष्ट्रिय रङ्गशालामा आज  भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाउँदै १६९ रन जोडेको हो । प्रतियोगितामा खेल सुरु हुनु अगावै बाक्लो हुसु लागेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएकोे थियो । जबाफि ब्याटिंग गरेको भारतले १८.१ ओभर मा ३ विकेटको नोक्सानीमा १७५ रन बनाएर जबाफ दिएको छ|

नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै राजवीर सिंहले ३५, आरिफ शेखले २६, योगेन्द्र सिंह कार्कीले ७, राजु रिजालले ६ तथा दिपेन्द्र सिंह ऐरीले १ रन जोडे ।

बलिङतर्फ भने भारतका अभेस खानले ३ विकेट लिए भने मयंक डगर र वासिंगटन सुन्दरले समान २-२ विकेट लिए । प्रतियोगितामा दुवै टोलीले यसअघि नै क्वार्टरफाइनलको यात्रा तय गरिसकेका छन् । समूह ‘डि’ मा रहेका टोली भारत  समूह विजेता बनेको छ ,नेपाल उपविजेता हुदै क्वाटरफाइनलमा समूह ए को बिजेता संग खेल्ने छ |

Leave a Reply