राज्य नै तस्करीमा लागेको छ – कर्ण

राज्य नै तस्करीमा लागेको छ - कर्ण

क्यापिटल खबर सम्बाददाता – काठमाडौँ माघ १८- सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल  कर्णले राज्य नै तस्करीमा लागेको आरोप लगाउनु भएको छ | आज रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कर्णले भन्नुभयो -“थानकोटमा तेल राख्ने थुन छैन तर सरकार कृतिम अभाब सिर्जना गरि तस्करीमा लागेको छ |”

अर्को फरक प्रसंगमा बोल्दै कर्णले आफुहरु महागठबन्धनको तयारीमा रहेको बताउनु भयो |

सोहि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा . नारायण खड्काले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको मान्छेले उत्तेजक अभिब्यक्ती दिन नहुने बताउनुभयो |

सोहि कार्यक्रममा अर्का  बक्ता एमाले नेता प्रदीप ज्ञवालीले मधेस समस्याको समाधान बार्ताबाटै गर्नुपर्ने बताउनुभयो | उहाँले नाकाबन्दीको समस्या हल भएपछी मात्र प्रधानमन्त्रिलाई भारत भ्रमण गर्न सल्लाह दिनुभयो |

अर्को फरक प्रसंगमा बोल्दै सोहि कार्यक्रममा अर्का  बक्ता एमाओबादिका नेता जनार्दन शर्माले राज्य संचालनमा सरकार असफल रहेको आरोप लगाउनु भयो |

Leave a Reply