काँग्रेस निर्वाचित

निर्वाचन परिणाम पछि कोइराला पक्ष निराश : कोइराला छाड्ने देखिंदैछ लहर

वीरगन्ज, १९ माघ । पर्सा जिल्लाअन्तर्गत नेपाली काँगे्रसको नगर र गाउँ समितिमा सम्पन्न निर्वाचनको परिणाम धमाधम आउन थालेका छन् ।

प्राप्त जानकारी अनुसार वीरगन्ज उपमहानगरपालिका–१ मा विश्वनाथसाह तेली, वडा नं २ मा उताउल हक राकी, वडा नं ३ मा शेख निजामुद्दिन, वडा नं ५ मा मणिकुमार खडका, वडा नं ८ मा कपिलदेव कलवार, वडा नं ९ मा नागेन्द्रसाह कानु, वडा नं ११ मा मणीन्द्रप्रसाद नेपाली, वडा नं १२ मा जवाहरप्रसाद गुप्ता, वडा नं १४ मा गोपालप्रसाद रौनियार र वडा नं २० मा शिवओम लामिछानेले वडा सभापति पदमा निर्वाचित हुनुभएको छ ।

नगर र गाउँ र वडास्तरमा सोमबार अधिवेशन सम्पन्न भएको थियो । माघ १५ गते नै गाउँ तथा नगर अधिवेशन गर्नुपर्नेमा तयारी नपुगेको भन्दै माघ १८ गते मात्रै पर्साको सबै गाविस र नगरपालिकाको अधिवेशन सम्पन्न गर्न तोकिएको नेपाली काँग्रेस पर्साको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्सामा ६८ गाविस र एउटा उपमहानगरपालिका र एउटा नगरपालिका रहेको छ ।

“पर्सामा ८० प्रतिशतभन्दा बढी ठाउँमा सोमबार शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको छ”–काँग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “प्राविधिक कारणले २० प्रतिशत ठाउँमा अधिवेशन हुन सकेको छैन ।” आवश्यक तयारी गरी एक÷दुई दिनभित्रै बाँकी गाउँ तथा नगर अधिवेशन सकिने उहाँको भनाइ थियो ।

एक उत्तर छोड्न