भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ – उपप्रधानमन्त्री कमल थापा

Kamal-Thapa

भीमदत्तनगर, १९ माघ । उप प्रधानमन्त्री कमल थापाले सरकारमा रहेका सबै दल एक ढिक्का भएर जनताको काममा लाग्नुपर्ने बताउनु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले फरक मत भएका राजनीतिक दलहरु मिलेर बनेको हुनाले वर्तमान सरकार नै सहमतिको सरकार भएको जिकिर गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “भारत सँगको सम्बन्धमा सुधार आइसकेको छ, वीरगन्ज र विराटनगर नाकामा धर्ना बसेकाका कारण सो नाकामा समस्या भएको छ ।”

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले स्थानीय निकायको चुनाव आगामी नयाँ वर्षको सुरु आतमै हुने विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनका लागि राजनीतिक दलबीच समझदारी हुन मात्रै बाँकी रहेको बताउनुभयो ।

Leave a Reply