कारको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, १९ माघ । दाङमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको बिजौरी–५, बिजौरीमा नम्बर नखुलेको कारको ठक्करबाट आज तुलसीपुर नगरपालिका–१५ पर्सेनी निवासी ३० वर्षीया शान्ता न्यौपानेको मृत्यु भएको हो ।

पर्सेनीबाट काम विशेषले बिजौरी आएकी न्यौपानेलाई नम्बर नखुलेको रातो कारले ठक्कर दिएको बताइएको छ ।

न्यौपानेको नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभएको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय तुलसीपुरले ठक्कर दिएको आशङ्कामा बा ११ च ६४४ नम्बरको रातो कारलाई नियन्त्रणमा लिएको छ । चालक र कारलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply