हनुमानढोका आउने पर्यटक घटे

हनुमान ढोका दरबार क्षेत्र
A general view of the Basantapur Durbar Square that was damaged in Saturday’s earthquake in Kathmandu, Nepal, Sunday, April 26, 2015. The earthquake centered outside Kathmandu, the capital, was the worst to hit the South Asian nation in over 80 years. It destroyed swaths of the oldest neighborhoods of Kathmandu, and was strong enough to be felt all across parts of India, Bangladesh, China's region of Tibet and Pakistan.(AP Photo/Bernat Armangue)

काठमाडौँ,  माघ १९ – राजधानीको मुख्य पर्यटकीय स्थल हनुमान ढोका दरबार क्षेत्रमा भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आएकोे छ ।

गत वैशाखमा गएको विनाशकारी भूकम्प र असोज महिनाको जारी नाकाबन्दीले गर्दा अहिले दरबार क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक ३०० ले घटेको छ ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रममा प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार पछिल्लो समय पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा वृद्धि भए पनि विगत वर्षको तुलनामा ठूलो कमी आएको छ ।

यसले गर्दा दरबार क्षेत्रले ठूलो आम्दानीसमेत गुमाउन परिरहेको छ ।

बज्राचार्यका अनुसार नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले पनि आउने तयारीमा रहेका कतिपय पर्यटक आउन चाहेका छैनन् ।

हाल दैनिक सरदर २०० जना पर्यटकले मात्रै हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । उनीहरुबाट प्रवेश शुल्क बापत दैनिक रु दुई लाख मात्र आम्दानी हुन्छ ।

गत आवको यही अवधिमा दैनिक ५०० पर्यटक आएका थिए ।

गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रमा आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख तीन हजार उठेको थियो ।

यस आवको सुरुदेखि अहिलेसम्म रु तीन करोड १६ लाख ६२ हजार मात्र उठ्न सकेको छ । हनुमान ढोकाको अवलोकनका लागि सार्क राष्ट्रका पाहुनाका लागि रु १५० र अन्य देशका नागरिकका लागि रु एक हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार गत आवको यस अवधिमा पाटन सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक दैनिक १०० हुने गर्थे । अहिले दैनिक ४० जना मात्र पर्यटक आउने गरेका छन् ।

गत आवमा सङ्ग्रहालयले रु ५८ लाख ६३ हजार आम्दानी गरेको थियो । यस वर्ष आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएकाले आम्दानी घट्ने निश्चित छ ।

पाटन सङ्ग्रहालय प्रवेश गर्न नेपालीको लागि रु ३०, सार्क राष्ट्रको नागरिकका लागि रु २५० र अन्य मुलुकको पर्यटकका लागि रु ४०० निर्धारण गरिएको छ ।

Leave a Reply