अमेरिकी हवाई आक्रमणमा २९ आइएस आतङ्ककारी मारिए

इस्लामिक स्टेट
Maj. Matthew Domsalla, flying an A-10C Thunderbolt II Nov. 5, makes the first ever drop of a Laser Joint Direct Attack Munition, or LJDAM, from an A-10. This test proved a successful integration of the munition with the A-10, allowing for an outstanding precision targeting capability that will help Air Force aircrews continue to provide effective air support to coalition ground troops. Major Domsalla is with the 40th Flight Test Squadron at Eglin Air Force Base, Fla. (U.S. Air Force photo/Master Sgt. Joy Josephson)

जलालावबाद (अफगानिस्तान), माघ १९  – अफगाननिस्ताको नान्र्गाहार प्रान्तमा गएराति गरिएको अमेरिकी सेनाको हवाई आक्रमणमा करिब २९ इस्लामिक स्टेट, (आइएस) आतङ्ककारी मारिएको समाचार छ । सरकारी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ ।

सोमबार राति आचिन जिल्लाको मोमान्द दरा इलाकामा आइएसको आखडालाई लक्ष्यगरी विदेशी बलले चार वटा हवाई आक्रमण गरेको जनाइएको छ ।

मारिएकाहरुमा प्रतिबन्धित समूहको रेडियो स्टेसनमा काम गर्ने पाँच कामदार र पाँच अतिवादी समूहका पाँच व्यक्तिसमेत रहेका जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने जलालाबाल सहर भएको सो हवाई आक्रमणमा उच्चस्तरीय आइएस सदस्यहरु पनि मारिएका जनाइएको छ ।

मङ्गलबार बिहान पनि जलालाबाद र आचिन जिल्लामा मङ्गलबार बिहान पनि अमेरिकासँग आवद्ध हवाई आक्रमण जारी रहेको जनाइएको छ ।

Leave a Reply