बालबालिका ओसारपसार नियन्त्रणका लागि सीमामा कडाइ

दुई

बैतडी, २० माघ । भारतसँग सीमा जोडिएका नाकाबाट बालबालिकाको ओसारपसार हुनसक्ने भन्दै त्यसलाई नियन्त्रणका लागि जिल्ला बालकल्याण समितिले सीमामा कडाइ थालेको छ ।

सीमा नाकाबाट बालबालिका बेचबिखनको जोखिम भएकाले त्यसको रोकथामका लागि पहल थालिएको बाल अधिकार अधिकृत केशव ऐरले बताउनुभयो ।

बालअधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि सबैलाई जानकारी गराएर बालबालिकाको बेचबिखन रोक्नका लागि प्रयास गरिएको छ उहाँले भन्नुभयो, “बालबालिकाको हकअधिकारका बारेमा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।”

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानवको बेचबिखन अपराध भएको उल्लेख गरिएको छ ।
महासन्धि तथा अन्य ऐनमा भएका कुराको कार्यान्वयनका लागि बालबालिकाको बेचबिखनविरुद्धको अभियान थालिएको अधिकृत ऐरले बताउनुभयो ।

सुदूरमा सफटवयरमार्फत विद्यार्थीको पढाइ मापन सुरु

विद्यार्थीलाई उपचारात्मक शिक्षण गर्न शिक्षकलाई सजिलो र भरपर्दो होस् भन्ने उद्देश्यले सुदूरपश्चिमका दुई जिल्लामा मङ्गलबारदेखि सफ्टवयरबाट विद्यार्थीको पढाइ मापन गर्ने कार्य सुरु भएको छ ।

विश्व खाद्य कार्यक्रमको आर्थिक, विश्व शिक्षा नेपालको प्राविधिक सहयोग र स्थानीय संस्था साडा बैतडी र सिआरडिएस दार्चुलाको साझेदारीमा बैतडीका ३६ र दार्चुलाका २९ गाविसमा सो प्रविधि लागू भएको विश्व शिक्षा कार्यक्रमका अधिकृत पदमसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा कार्यक्रम लागू भएका प्रत्येक गाविसका एक विद्यालयमा लागू हुनेछ ।”

जिल्ला शिक्षा कार्यालय र पौष्टिक आहार कार्यक्रमले पनि उक्त कार्यमा सहयोग गरिरहेको छ । विगत छ महिनादेखि उक्त प्रविधि सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र मध्यपश्चिमका जाजरकोट र दैलेखमा पौष्टिक आहार कार्यक्रम सञ्चालनमा रहेका देशभरका १० हजार ४० विद्यालयमा लागू भइरहेको छ ।

Leave a Reply