राष्ट्रियता विरुद्ध अभिव्यक्तिको चुरेभावरद्वारा भत्सर्ना

काठमाडौँ,  माघ २० – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि आघात पुग्ने गरी विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र पूर्वमन्त्री रघुवंशप्रसाद सिंहले दिएको अभिव्यक्तिप्रति भत्सर्ना एवम् निन्दा व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष बद्री न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा मधेसी मोर्चाका तीन शीर्षनेता उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याउने गरी दिएको अभिव्यक्तिले मुलुकमाथि ठाडो हस्तक्षेप भएको छ भनिएको छ ।

उक्त विज्ञप्तिमा नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याउने उद्देश्यबाट दिइएको अभिव्यक्ति स्वाभिमानी नेपालीका लागि अत्यन्तै आपत्तिजनक रहेकाले यस किसिमले नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरी अभिव्यक्ति नदिन ती नेतालाई आग्रह गरिएको छ ।

शान्तिपूर्ण तथा राजनीतिक रुपमा आफ्ना अधिकार र माग उठाउन पाउने संवैधानिक अधिकार सबैमा रहेकाले आन्दोलनकारी दललाई पनि आफ्नो मुलुकको अस्तित्वमाथि ख्याल गरेर सोही अनुसारका राजनीतिक गतिविधि गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

एक उत्तर छोड्न