सातौँ राष्ट्रपति रनिङ सिल्ड सञ्जयसाई विद्यालयलाई

काठमाडौँ, २० माघ । काठमाडौँ जिल्ला खेलकुद विकास समिति क्षेत्र नं १ अन्तर विद्यालय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्यामन्दिर बुद्वनगरलार्ई प्रदान गरिएको छ ।

गत माघ १५ देखि २० गतेसम्म नोबेल एकेडेमीको खेल मैदानमा भएको खेलमा सञ्जय साई विद्यामन्दिरले सबैभन्दा धेरै विद्याका खेलमा सफलता हात पारेकोले उक्त सिल्ड प्रदान गरिएको हो । १०० मिटर छात्रछात्रा दौड, २०० मिटर छात्रछात्रा दौड, ४०० र ८०० मिटर छात्रछात्रा दौड, छात्रछात्रा रिले दौड, कबड्डी, छात्रछात्रा भलिबल, हाइजम्प, फुटबल, लङजम्प लगायतका २२ विधाका खेल खेलाइएका थिए ।

सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री एवम् नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले उक्त खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्रछात्रालाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

उक्त उपाधि हात पार्नका लागि काठमाडौँ क्षेत्र नं १ का नोबेल एकेडेमी, एभरेस्ट फ्लोरिडा, सञ्जय साईबाबा, बुद्धनगर निम्न माध्यमिक विद्यालय, नेसनल एकेडेमी, रत्नराज्य उच्च मावि लगायतका १५ विद्यालयको प्रतिस्पर्धा भएको थियो ।

एक उत्तर छोड्न