पारसका नजिकका मान्छेको नयाँ शक्तिमा प्रवेश

सहयोगी

काठमाडौँ, भदौ २- नयाँ शक्ति नेपाल र मातृभूमिका लागि युवा अभियान नेपालबीच पार्टी समायोजन गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भयो । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा दुबै पक्षबीच भएको बैठकपश्चात नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खड्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

खड्का लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका थिए र पूर्व युवराज पारस शाह थाइल्याण्डमा मुद्दा खेपिरहँदा उनका सहयोगी एवं मित्रका रुपमा चिनिएका थिए ।

उनले पछिल्लो समय ‘मातृभूमिका लागि युवा अभियान नेपाल’ नामक संस्था चलाएका थिए । बिहीबारबाट यो संस्था नयाँ शक्तिमा मिसिएको छ ।

दुबै पक्षको आपसी सहमतिमा समय तय गरेर विशाल युवा समारोह आयोजना गरी पार्टी ध्रुविकरण र समायोजनको प्रक्रियालाई उत्सवका रुपमा सम्पन्न गर्ने उल्लेख छ । साथै आपसी सहमतिमा कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँट गरिने सहमति पत्रमा उल्लेख छ ।

Leave a Reply