गोरखाको सिमासम्म चिनियाँ गाडी

चिनियाँ गाडी

गोरखा, भदौ ३ – तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर चिनियाँ गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना सामागाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा छैन |

‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसरी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन। तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो।’

उनीहरु रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन्। गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्ने गर्छन्।

आजको अन्नपूर्णमा शिबप्रसाद उप्रेतीले यो  खबर लेखेका छन्।

Leave a Reply