गृहमन्त्री निधि र भारतीय विदेश मन्त्री स्वराजबीच भेट

गृहमन्त्री निधि र भारतीय विदेश मन्त्री स्वराजबीच भेट

काठमाडौँ, भदौ ३- प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा नयाँ दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि ले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नु भएको  छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालमा नयाँ सरकार बनेपछि  आएका पहिलो पाहुना र विदेशमन्त्रीबीच भेट भएको तस्बिर ट्वीट गरेका छन्। उनले भेटमा के के विषयमा कुरा भयो भन्ने खुलाएका छैनन्।

यसअघि निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए। निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

Leave a Reply