माछा समात्न गएका युवकको फेवातालमा डुबेर मृत्यु

फेवातालमा

पोखरा, भदौ ३- फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ।

रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

मृतक शाहीको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको बताइएको छ।

Leave a Reply