स्थानीय तहको चुनाव मंसिरमै गर्न राप्रपा नेपालको माग

राप्रपा

काठमाडौँ, भदौ ३- राप्रपा नेपालले स्थानीय तहको निर्वाचन मंसिरमै गर्न माग गरेको छ ।

राप्रपा नेपाल कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहको निर्वाचन अनिश्चित हुँदा संविधान कार्यान्वयन असहज हुने र मुलुक संविधान दुर्घटनामा पर्न सक्ने खतरा रहेको भन्दै निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

राप्रपा नेपालले स्थानीय तहको पुनर्संरचनासम्वन्धी आयोगबारे देखिएको विवाद हटाउन पनि माग गरेको छ ।

उसले स्थानीय तहको पुनर्संरचना संविधानको भावना र स्थानीय सरकारको अवधारणाअनुसार गर्नु पर्ने भन्दै स्थानीय तहको संख्या न्यूनतम गर्न माग गरेको छ ।

 

Leave a Reply