साढे तीन लाखबाट ‘क्यान इन्फोटेक’ को अवलोकन

can-infotech-nepal

काठमाडौँ, २० माघ । कम्प्युटर एसोसियसन नेपाल महासङ्घको आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भएको ‘क्यान इन्फोटेक’ मा तीन लाख ६३ हजारले अवलोकन गरेका छन् ।

‘क्यान इन्फोटेक’ मेला यही माघ १५ गतेदेखि सुरु भएको थियो । सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधि र सामग्रीका विषयमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको महासङ्घले जनाएको छ । मेला आज सम्पन्न भएको हो ।

आज अन्तिम दिन मात्रै ५२ हजार ४११ जनाले मेलाको अवलोकन गरे । कुल ३ लाख ६३ हजार ४५६ जनाले मेला अवलोकन गरेको महासङ्घका तृतीय उपाध्यक्ष रोमकान्त पाण्डेले जानकारी दिनुभयो ।

मेलाको अन्तिम दिन आज नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल मेलामा पुग्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यो मेलाको उपप्रधान तथा रक्षामन्त्री भीम रावल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतले अवलोकन गर्नुभएको थियो ।

मेलामा सूचना प्रविधिसम्बन्धी सामग्रीको प्रचारप्रसार भएकाले यसको व्यापार व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्ने महाङ्घका अध्यक्ष विनोद ढकालले बताउनुभयो ।

Leave a Reply