आतङ्कवाद परास्त नभएसम्म सिरियामाथि कारबाही जारी रहने : लाभारोभ

मस्को (रसिया), २० माघ । रसियाका विदेशमन्त्री सर्गेई लाभारोभले आफ्नो ओमन भ्रमणका क्रममा यहाँका सञ्चारकर्मीसँगको कुराकानीमा रसियाले सिरियामाथि चलाउँदै आएको हवाई कारबाही सिरियामा आतङ्ककारी गतिविधि चलाउँदै आएका इस्लामिक समूह परास्त नहुँदासम्म जारी राख्ने बताउनुभयो ।

रसियाली हवाई कारबाही सिरियामा सक्रिय आईएसआईएल र जभात अल–नुस्राजस्ता आतङ्कवादी समूह परास्त नहुँदासम्म जारी रहने छन्, लाभारोभले भन्नुभयो ।

मलाई वर्तमान् हवाई आक्रमण रोकिनुपर्ने कुनै कारण भएजस्तो लाग्दैन, उहाँले थप्नुभयो ।

रसियाली विदेशमन्त्री लाभारोभले रसियाद्वारा आफ्नो कारबाही तब रोक्नेछ, जहिले टर्की र सिरियाको सिमाना वरिपरी तस्करी रोकिने छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान र उहाँको परिवारले सीमा क्षेत्रमा गैरकानुनी रुपमा तेल व्यापार गरेको रसियाले अङ्करामाथि आरोप लगाउँदै आएको छ ।
यसको टर्कीका अधिकारीले कडा प्रतिवाद गर्दै आएका छन् ।

Leave a Reply