सबिधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुदैन : वैद्य

संशोधन

जनकपुरधाम,भदौ ५ -सबिधान संशोधन वा पुनर्लेखनको बिबाद भैरहेको बेला  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राख्नुभयो ।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पुर्याउन नसकेको भन्दै उहाँले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भन्नुभयो ।

अर्को एक प्रश्नको जवाफमा उहाँले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन भन्नुभयो ।

जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उहाँले सरकारको सफलताको कुनै आधार नभएको बताउनुभयो । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताउनुभयो ।

Leave a Reply