हिमाली भेगका दुईवटा गाउँपरिषद् सम्पन्न

हुम्ला, २१ माघ । सदरमुकाम सिमिकोटका उत्तरी हिमाली भेगका दुईवटा गाविसका आठौँ गाउँपरिषद् सम्पन्न भएको छ ।

बुधबार यहाँ आयोजित कार्यक्रममा खगाल गाविसले आव ०७२÷७३ का लागि बालबालिका, कर्णाली रोजगार, दलित अपाङ्गलगायतलाई अनुमानित बजेट रु २७ लाख बराबर रकम पारित गरेको छ ।

यसैगरी सीमा नजिक पर्ने मुचु गाविसको आठौँ गाउँपरिषद् सम्पन्न भएको छ ।

उक्त गाउँ परिषद्ले महिला, बालिबालिकालगायतलाई आव ०७२÷७३ अनुमानित बजेट रु २२ लाख पारित गरेको गाविस सचिव नन्दबहादुर रावतले जानकारी गराउनुभयो ।

Leave a Reply