कांग्रेसले किन गर्यो जिल्ला सभापतिहरुको भेला !

कांग्रेसमा सातजना मात्रै महाभियोगको पक्षमा

काठमाडौं, भदौ ५ – नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजबाट काठमाडौंमा सुरु भएको छ । स्थानीय निकाय पुर्नसंरचनाबारे धारणा बनाउन पार्टीले जिल्ला सभापतिहरुको भेला राखेको हो ।

स्थानीय तह पुर्नसंरचना आयोग र दलहरुबीच स्थानीय निकाय पुर्नसंरचना सम्बन्धमा फरक–फरक धारणा आईरहेका बेला कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

स्थानीय तह पुर्नसंरचना आयोगले जिल्लामा ५ सय ६५ स्थानीय निकाय प्रस्ताव गरेपछि त्यसमा दलहरुले विरोध गर्दै आएका छन् । भेलामा स्थानीय निकाय पुर्नसंरचना आयोगका पदाधिकारीलाई पनि बोलाईएको छ ।

राजधानीमा जारी भेलामा  स्थानीय निकाय पुर्नसंरचनाको आधिकारीक धारणा तय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । भेलामा गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका विषयमा छलफल केन्द्रीत हुनेछ ।

 

Leave a Reply