भूकम्पबाट अति प्रभावित क्षेत्रका परिवारलाई न्यानो कपडा वितरण

इनरुवा, २१ माघ । सुुनसरीका एक गैरसरकारी संस्थाले भूकम्पबाट अति प्रभावित गोरखा जिल्लाका ३०० परिवारलाई बुधबार न्यानो कपडा वितरण गरेको छ ।

बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै सुनसरी सदरमुकाम इनरुवा– ७ मा रहेको हिदायत एजुकेसनल एण्ड वेलफेयर ट्रस्ट, इनरुवाले न्यानो कपडा वितरण गरेको हो ।

गोरखाको ताप्ले, फिनाम र घ्यालेचौक गाविसका ३०० परिवारलाई कम्बल, स्विटर, च्यादरलगायतका सामग्री वितरण गरेको संस्थाका अध्यक्ष मोलाना हारुन खानले बताउनुभयो ।

Leave a Reply