सत्ताको खेलमा लाग्दा संविधान कार्यान्वयनमा जटिलता देखियो ; कमल थापा

जटिलता

 

चितवन, भदौ ५- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरु सत्ताको खेलमा लाग्दा संविधान कार्यान्वयनमा जटिलता देखिएको बताउनुभएको छ ।

आज यहाँ आयोजित स्थानीय निकाय निर्वाचनको तयारीसम्बन्धी प्रशिक्षण तथा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले वर्तमान सरकारले दलहरुबीच समझदारीको वातावरण बनाउनुपर्नेमा तिक्तता बढाउने काम गरेको आरोप लगाउनुभयो ।

संविधान संशोधनका नाममा विदेशी शक्तिको इसारामा काम भइरहेको उल्लेख गर्दैै उहाँले यसले दलहरुबीच सहमतिको वातावरण भाँडिने बताउनुभयो । अध्यक्ष थापाले सरकारको कामकारबाही र गतिविधिका कारण चैतमा पनि स्थानीय निकायको निर्वाचन हुने सम्भावना नदेखिएको जिकिर गर्नुभयो ।

राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षणमा राप्रपा नेपाल प्रदेश नं ३ का १३ जिल्लाका नगर अध्यक्ष र जिल्ला अध्यक्ष सहभागी छन् । तीन दिनसम्म चल्ने सो प्रशिक्षणमा राप्रपा नेपालको भावी कार्यदिशा, स्थानीय निकायको निर्वाचनको तयारी र वर्तमान राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिइने बताइएको छ ।

Leave a Reply