५ घटक विप्लव माओवादीमा

माओवादीमा

काठमाडौँ ,भदौ ६ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पाँच माओवादी घटक धुव्रीकृत भएका छन्। आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको घोषणा गरेको  छ।

माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा मदनवादीका विष्णु ढुंगाना, इस्लामहवारी र सुदर्शनले हस्ताक्षर गरेको वक्तव्यमा त्यसको घोषणा भएको हो ।

परिबन्दले माओवादी क्रान्तिकारी अनेक ठाउँमा छरिन पुगेको भन्दै वक्तव्यमा अब धुव्रीकृत भएर विद्रोह गर्ने प्रतिबद्धता उल्लेख छ ।

‘क्रान्तिकारीको यो अन्तिम पुनःएकीकरण र ध्रुवीकरण होइन,’ वक्तव्यमा भनिएको छ, ‘सम्भव भएसम्म संस्थागत, संस्थागत नभए क्रान्तिकारी शक्ति आफ्नो आफ्नो ठाउँबाट एकीकृत र ध्रवीकृत हुन आवश्यक छ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ |

Leave a Reply