बादलको नेतृत्वमा ‘ग्याङ् अफ फोर’

बादलको

काठमाडौँ ,भदौ ६ – निकै तामझाम सहित १० वटा माओवादी पार्टी शक्ति मिलेर बनेको नेकपा माओवादी केन्द्रको समिति पुडता नपाउदै चोइटिने खतरा देखिएको छ |

सांगठनिक संरचना निर्माण गर्दा आफ्ना मान्छेलाई उचित स्थान नदिएकोमा आक्रोशित माओवादीका संयोजक मातृका यादवले पाटिबाट छुट्टिने धम्कि दिएका छन् | कतिपय कार्यक्रम र बैठक समेत बहिष्कार गर्दै आएका यादबले मुख्यत : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै फरकमत दज गराएका छन् |

उनले अध्यक्ष प्रचण्डले सता गठबन्धन देखि मन्त्री चयन गर्दा सम्म कुनै सरसल्लाह नगरी आफुलाई एक्ल्याएको आरिपा लगाउदै आएका छन् | भारतलाई हेर्ने दृष्टिकोणमा पछिल्लो समयमा बदलाब ल्याएका यादबले मधेसलाई हेर्ने  दृष्टिकोणबनाउनुपर्नेमा पनि जोड दिएको बुझिएको छ | रामबहादुर थापा बादलमार्फत केन्दीय कार्यालयमा दर्ज गराइएको फरकमतमा अध्यक्ष प्रचण्डलाई प्रचण्ड छबिलाल दाहाल बन्न सक्ने तर्फ सचेत गराइएको लाजिम्पाट स्रोतले बतायो |

मुख्यत : अखिल क्रान्तिकारीको नेत्तव निर्माण गर्दा आफ्ना कार्यक्रतालाई जिम्मेवारिबिहिन बनाए पछी यादवले असन्तुष्टि पोख्न सुरु गरेका हुन् | प्रज्ञा भबन  कमलादीमा विद्याथिहरुको एकता भेलाबाटै प्रचण्डमाथि प्रहार गरेका मातृकाका विद्याथि  नेताले सोहि मन्चबाट अलग हुन सक्ने चेतावनी दिएका थिए | त्यसपछि सो एकता भेलामा उनलाई हुटिन मात्रै भएन ,उनले खादाको सम्मान पनि अस्वीकार गर्नु परेको थियो  |

यता मन्त्री चयन देखि एजेन्डा निर्माण सम्म कुनै सरसल्लाह नगरिएको भन्दै रामबहादुर थापा मण थापा र तिलक परियार हरु पनि असन्तुष्ट बनेका छन् | मावोवादी केन्द्रमा के हुन्छ ? भन्ने केन्द्रीय कार्यालयक सदस्यहरुले समेत थाहापाउन छाडिसकेका छन् |

अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरा ,बर्षमान पुन र जनादन शर्मासंग मात्रै सरसल्लाह गरेर अघि बढन थालेपछि नारायणकाजी श्रेष्ठ र पोखरेल समुहका धनीराम डिआर पौडललाई  बिना विभागीय मन्त्री बनाई कुनै जिम्मेवारी नदिएकोमा दुवै नेता असन्तुष्टि छन् |त्यसैले नारायणकाजीलाई सरकार संचालन समन्वय समितिको संयोजक बनाईएको छ |

यो खबर आजको तरुण साप्ताहिकमा प्रकाशित छ |

Leave a Reply