नक्कली नागरिकता खारेजी नगरिएको गुनासो

नक्कली नागरिकता

कलैया, भदौ ६-जिल्ला प्रशासन कार्यालय बारामा पटक–पटक भारतीय नागरिकले नक्कली नेपाली नागरिकता लिएकामा सो खारेजीका लागि चारपटक उजुरी दिँदा पनि जिल्ला प्रशासन कार्यालयले कारबाही नगरेकामा रामएकवाल यादवले गुनासो व्यक्त गर्नुभयो ।

बारा दक्षिण झिप्केही गाविस–५ बस्ने रामएकवाल यादवले सोही स्थान बस्दै आएका भारत विहार पूर्वी चम्पारण सिकराहना चिरैया ग्राम पञ्चायत राज दिवही धरहरवा टोल मदहा–१२ बस्ने राजदेव रायको छोरा प्रभाराय भन्ने प्रभा यादवले २०६३ फागुन २ गते ३३३०५८÷१०४ नंको जन्मसिद्ध नेपाली नागरिकताको प्रमाणपत्र लिएको बताइएको छ ।

निजको नागरिकता खारेजीका लागि जिल्ला प्रशासन कार्यालय बारामा स–प्रमाणसहित २०७० मङ्सिर २९ गते २०७२ वैशाख १३ गते २०७२ असार ३० गते र २०७३ भदौ १ गते पनि उजुरी दिएको कुरा उजुरीकर्ता यादवले बताउनुभयो ।

Leave a Reply