लोकमान बिरुद्ध विवेकशिल नेपाली लड्दै, सुचना आयोगमा उजुरी

विवेकशील

काठमाडौँ, भदौ ६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण दोस्रो पटक माग गर्दा पनि निवेदन दर्ता गर्न अस्वीकार गरेपछि विवेकशील नेपाली दलले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरेको छ।

सुचनाको हकसम्बन्धी अधिकारको उपयोग गर्दै विवेकशील नेपालीले लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै अख्तियार मुख्यालय अगाडि दबाब मुलक कार्यक्रम चलाउँदै आएको छ।

‘अख्तियारले प्रमुख आयुक्त्तको सम्पत्ति विवरण सार्वजनिक गर्नुको साटो, हरेक पटक सम्पत्ति विवरण माग गर्न जाने अभियन्ता तथा विवेकशील नेपालीका समर्थकहरूमाथि दुव्र्यवहार तथा गिरफ्तारी गर्दै आइरहेको छ,’ उक्त पार्टीले प्रेस विज्ञप्ति जारी गर्दौ भनेको छ

Leave a Reply