कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी

टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा

काठमाडौँ , भदौ ७ – कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ।

तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघकोमहाधिवेशन लागत खान र बस्नलाई मात्र ४ करोड ३२ लाख खर्च भएको देखिन्छ। नवनिर्वाचित कोषाध्यक्ष शिव रिमालले पाँच करोड जति खर्च भएको बताए।

नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर,महाधिवेशन लम्बिदै जादा तीन करोडभन्दा बढी खर्च भएको छ।

अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पाँच करोडसम्म लागेको जानकारी दिए। ‘चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले भने, ‘तर, तीन दिनको महाधिवेशन१२औं दिनसम्म लम्बिएपछि पाँच करोडजति खर्च भयो। अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौं।’

माउ पार्टी कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित गत साउनमा तीन दिनमा सकाएको १३औं महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाँ खर्च भएको थियो। तर, आफ्नै विद्यार्थी संगठनकोमहाधिवेशनमा चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।

नेविसंघकोमहाधिवेशन प्रतिनिधि संख्या र केन्द्रीय समिति पार्टीको भन्दा धेरै र ठूलो छ। कांग्रेसका ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति छ भने नेविसंघमा २८ पदाधिकारी र एक सय ५१ सदस्यीय कार्यसमिति बन्दै छ

Leave a Reply