भरतपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई यात्रुको मृत्यु

बस

चितवन, भदौ ७ – गए  राती चितवनको भरतपुरमा  बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना यात्रुको मृत्यु भएको छ ।

पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।भरतपुर स्थित चितवन मेडिकल कलेज अगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो ।

दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ भने बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply