खेरगैरहेको सार्बजनिक जग्गामा बृहत वृक्षारोपण

बृहत वृक्षारोपण
  • रबिन्द्र यादव

नवलपरासी , भदौ ७ – खेरगैरहेको सार्बजनिक जग्गालाई ब्यवस्थापन गर्न नवलपरासीको गेर्मीमा बृहत रुपमा सोमबार वृक्षारोपण गरिएको छ । गाउं बिकास समितीको सहकार्य र स्थानिय गाउंलेहरुले करिब १ बिगाहा क्षेत्रफलमा बृक्षारोपण गरिएको हो ।

जिल्ला बन कार्यालयसंग बिभिन्न जातको करिब १ हजार ५ सय बिरुवा प्राप्त गरी बृक्षारोपण गरिएको बृक्षारोपण कार्यक्रमका अगुवा एवंम् स्थानिय समाजसेवी रामबहादुर कुर्मीले बताउनुभयो ।

कदम , सिसम , निम , बेल , सिमल लगायतका बिभिन्न जातका बिरुवालाई रोपण गरिएको थियो । स्थानियबासीले अग्रसरता दिएर यसरी खेरगैरहेका सार्बजनिक जग्गामा यसरी बृक्षारोपण गर्नुलाई सकारात्मक रुपमा हेरिएको र यसलाई संरक्षण गर्न गाविसले सहयोग गर्ने गाविसका सचिब नन्दलाल कुम्हालले बताउनुभयो ।

बाताबरण परिवर्तन संगै नवलपरासीमा बृक्षारोपण अभियान नै चलाइएको छ । सार्वजनिक अथवा निजी जग्गा भएपनि बृक्षारोपण गरिदै छ ।

Leave a Reply